५ पौष २०७७, आइतवार

जाजरकोटको दुर्गम बारेकोट गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । यातायातको पहु“च नहुदा बारेकोटका जनता २-३ दिन पैदल हिडेर सदरमुकाम खंलगासम्म पुग्नु पर्ने वाध्य थियो ।   मोटरबाटो पुगेपछि बारेकोटी जनतामा खुसी छाएको छ ।जाजरकोट सदरमुकाम खलंगा देखि ७० किलोमीटरको दुरीमा रहेको बारेकोट गाउँपालिका जिल्लाको सबै भन्दा दुर्गम गाउँपालिका मानिन्छ ।  बारेकोटको सिमाना ध्यापाटाकुरा देखि गाउपालिका केन्द्र लिम्सासम्मको १३ किलोमिटर सडक गाउँपालिकाले बनाएको हो भने कालीमाठी देखि सिर्के २४ किलोमिटर तथा कालिमाटी खारा सेपुखोला पहु“चमार्गको ११ किलोमिटर सडक नलगाड हाइडोपावर कम्पनीले सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।


प्रतिक्रिया

सम्बन्धित खवर