
५ पौष २०७७, आइतवार
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखा गाउँका युवा उद्यमी शैलेन्द्र खड्का सम्मानित भएका छन् ।
कृषि तथा सिमेन्टको ब्लक सम्बन्धी उद्यम सञ्चालन गर्दै आएका उद्यमशील युवा खड्कालाई दिपायल सिलगढी नगरपालिका वडा नंं १ को तर्फबाट सम्मान गरिएको हो ।
उनलाई दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले प्रमाण पत्र सहित सम्मान गरेकी हुन् ।
गाउँका अन्य युवाहरुलाई पनि उद्यमशिलतासँग जोडिन प्रेरणा मिलोस् भन्ने उद्धेश्यले एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको नगरपालिकाको वडा नं. १ का वडा अध्यक्ष बहादुर खड्काले बताए ।
सम्मानित भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै उद्यमी युवा खड्काले सम्मान गर्नेप्रति आभार व्यक्त गर्दै आफ्नो अनुभव समेत बाँडेका थिए ।