५ पौष २०७७, आइतवार
नोभेम्वर चार तारिखका दिनसाईप्रसमा आत्महत्या गरेका अन्नपूर्ण गाउँपालिका वार्ड २ कास्कीका रोशन अधिकारीको दाह संस्कार आज आइतबार निकोसियाको स्ट्रोभोलोस सेमेटरीमा गरिने भएको छ ।
मृतकका परिवारले साईप्रसमै अन्येष्टि गर्न नेपाली दुतावास इजरायलमा पत्र पठाए पछि निकोसिया स्थित अवैतनिक महावाणिज्य दुतावासको सम्वन्यमा गैर आवासीय नेपाली संघ साइप्रसले अन्तिम संस्कार गर्ने जिम्मा लिएको हो । शव व्यवस्थापनमा लाग्ने खर्चका लागि स्थानिय नेपाली संघसंस्थाहरु संग आर्थिक सहयोग संकलन गरि अत्येन्ठि गरिदै छ ।
गत वर्ष अक्टोबरमा सिटि युनिटि कलेजमा अध्ययनको लागि पुगेका अधिकारी साईप्रस पुग्ना साथ लकडाउन जारि भयो । अध्ययन भिसामा आएका विधार्थीले हप्तामा २० घण्टा मात्र काम गर्न पाउने नियम छ। काकाको छोराहरु संगै बस्दै आएका उनि पार्ट टाइम कामको खोजीमा रहेका बेला लकडाउन भएपछि उनमा समस्या थपियो । अन्धा बुवा, ८४ वर्षका वृद्ध हजुरवुवा, जेनतेन घर सम्हालेकी कमजोर आमा र ऋण को जिम्मेवारी बोकेको छोराले काम नपाए पछि डिप्रेसनमा परे। त्यहि डिप्रेसन नै उनको आत्महत्याको कारण बन्न पुगेको साईप्रसमा रहेका नेपालीले वताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर