
५ पौष २०७७, आइतवार
जनउद्धार केन्द्र मलेसियाले एकजना महिला सहित जेलजिवन बिताइरहेका ७ जना नेपालि श्रमिक को
उद्वार गरि स्वदेश फिर्ता गराएको छ । बन्दी जीवन बिताएर फर्कनेहरुमा , स्याङ्जाकि लक्ष्मि नेपाली, धनगढीका बाबुराम गुरुङ्ग, दोलखाका टीका बहादुर सार्की, गोर्खाका दिपक बिश्वकर्मा , काभ्रेपलान्चोकका आशिस थापा, पर्बतका लाल बहादुर सुनार , र संखुवासभाका फुर्बु सांङ्गे सेर्पा रहेका छन । उनिहरु सबै लाइ जुरु घरफिर्ती केन्द्र पेनाङ्ग बाट उद्वार गरिएको हो ।
जनउद्धार केन्द्रको पहलमा , लक्ष्मि नेपाली र टीका बहादुर सार्किको टिकट उनिहरुले काम गरेको कम्पनी बाट उपलब्ध गराइएको थियो । वकि अन्यलाई परिवार र जनउद्वार केन्द्र ले सहयोग गरेको हो ।