४ पौष २०७७, शनिवार

रामेछापको खाँडादेवी गाउँपालिकाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार गाउँपालिकाको केन्द्रसम्म अप्टिकल फाइबर बिछाएर इन्टरनेट सञ्चालनमा ल्याएको छ ।
बिपी राजमार्ग हुँदै हाल कालोपत्रे भइरहेको सित्खा–भिरपानी गोगनपानी सडक हुँदै गाउँपालिको केन्द्र माकादुमसम्म फाइबर बिछाएर इन्टरनेट सञ्चालनमा ल्याएको हो । खाँडादेवी गाउँपालिकाले गत बर्ष १२ लाख रुपैयाँमा फाइबर बिछ्याउन बजेट विनियोजन गरेको थियो ।
जिल्लाको मन्थली नगरपालिकापछि फाइबरबाट इन्टरनेट सञ्चालन गर्ने खाँडादेवी गाउँपालिका दोस्रो बनेको छ । गाउँपालिकाको पहलमा फाइबर बिछ्याउने काम सम्पन्न भएसँगै गाउँगाउँमा गुणस्तरीय इन्टरनेटको सुविधा भएको छ ।
गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार गाउँपालिकाको केन्द्रसम्म फाइरबाट इन्टरनेट सेवा उपलब्ध गराउन सफल भएको बताए । अध्यक्ष तामाङले नौ वटै वडा कार्यालय सबै विद्यालयहरुमा अप्टिकल फाइर मार्फत इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर