४ पौष २०७७, शनिवार
प्रवासी नेपाली समन्वय समिति(पिएनसिसि)को आयोजनामा मलेसियामा विश्व आप्रवासी दिवस मनाईएको छ ।
कार्यक्रममा नेपाली दुतावास मलेसियाका श्रम काउन्सिलर दिपक ढकाल,एनआरएनएका केन्द्रिय सल्लाहकार शंकर वहादुर पौडेल, एनआरएन मलेसियाका प्रथम उपाध्यक्ष सुन्दर आले,समाजसेवि जीवन देवान गाउँले,लगायतकाले आप्रवासि दिवसको वारेमा चर्चा गरेका थिए । कोरोना महामारीका कारणले धेरै मानिसहरु उपस्थित गराउन नसकिएको पिएनसीसीका मलेसिया संयोजक मनोज चापागाईले बताए ।
सन् २००० देखि डिसेम्बर १८ तारिखका दिन विश्व आप्रवासी दिवस मनाउन थालिएको छ । विश्वमा करीव ५० लाखको हाराहारीमा नेपालीहरु आप्रवासी छन भने मलेसियामा मात्रै करीव चार लाख श्रमिकहरु रहेको अनुमान गरीएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर