
४ पौष २०७७, शनिवार
रौतहटको तापक्रम आज जाडो सुरु भएयताकै कम मापन गरिएको छ ।
शनिबार बिहान ७ बजे जिल्लाको तापक्रम १० डिग्र्री सेल्सियस मापन गरिएको हो । तापक्रम घटेकाले स्थानीय वासिन्दाले अन्य दिनहरुको तुलनामा शनिबार बिहान बढी चिसो अनुभव गरेका छन् ।
बिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो हावा चलिरहेको कारण रौतहटबासीका जनजीवन प्रभावित भएको छ। दिनहुँ बढ्दै गएको चिसोले गरिब, पिछडिएका मुसहर ,दलित तथा अति विपन्न परिवार अति नै प्रभावित भइरहेका छन् । जाडोबाट बच्नका लागि स्थानीयले आगो तथा घुर बालेर तापिरहेका छन्। हुस्सुका कारण सडक दुर्घटनाको सम्भावना बढ्ने भएकाले सतर्क हुन आग्रह पनि गरेका छन्।