४ पौष २०७७, शनिवार

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)  रक्त सञ्चार केन्द्र भरतपुरलाई रगत सङ्कलन गर्न घुम्ती बस हस्तान्तरण गरेको छ ।  भन्सार र कर छुट बाहेक भारतीय रु ३५ लाखको लागतमा सङ्घले बस खरिद गरी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरलाई हस्तान्तरण गरेको हो ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले  घुम्ती बसमा बसेर पहिलो पटक रक्तदान गर्दै शुभारम्भ गरेकी हुन् ।

सो अवसरमा महानगर प्रमुख दाहाल, सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष सीताराम कोइराला, सोसाइटीका शाखाका सभापति ज्ञानशाली न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्का ,नेपाली कांग्रेसका जिल्ला सहसचिब सूर्य अर्याल, गैर आवासीय नेपाली सङ्घका सचिव आरके शर्मा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु श्रेष्ठ, उद्योग सङ्घका अध्यक्ष राजु पौडेल, क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेललगायतले बस आएसँगै रगतको अभाव कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । बस प्राप्त भएसँगै बसभित्रै घुम्ती रक्तदानका कार्यक्रमहरु गर्न सहज हुने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर