जीके पाण्डेय
२९ साउन
यतिवेला देश कोरानाको महामारीवाट गुज्रीरहेको छ । चाडपर्वमा एक आफसमा भेला भएर दुख सुख साट्नु हाम्रो परम्परा नै वनेको थियो । तर यो पटक भने आफन्तहरुलाई वोलाउन र जम्मा हुनु भनेको कोरोनालाई नित्याउनु झै भएको छ ।
यसै क्रममा स्यागंजाको काली गण्डकी गाउँ पालिका वडा न ३ मा भने वडा भेला नै वसेर सामुहिक रुपमा चाडवाड नमनाउने निर्णय नै गरेका छन ।
चाडपर्वका क्रममा हुने जमघटका कारण कोरोनाको संक्रमणको जोखिम उच्च हुने भन्दै एक जिल्लाबाट अर्को जिल्ला,एक स्थानिय तहबाट अर्को स्थानिय तह र एक वडाबाट अर्को वडामा आउन जान समेत पुर्ण रुपमा वन्देज गरेका छन ।
जो जहाँ छन सोहि ठाँउमै परिवार संगै वसेर यो पटकको तीज पनि मनाउने उनीहरुले निर्णय गरेका छन । यस्तो निर्णयको चारै तिरवाट प्रशंसा भैरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर