४ पौष २०७७, शनिवार
चार महिना देखि मलेसियामा हराईरहेका गोर्खाका दल वहादुर गुरुङ को खोजी गरिदिन परिवारले मलेसियामा रहेका नेपालीहरुलाई अपिल गरेका छन ।
वैदेशिक रोजगारीको सिलसिलामा गएको फेब्रुवरी २६ तारिखका दिन मलेसियाको एनएसएल इस्टर्न प्रिटेच कम्पनीमा पुगेका दल वहादुर चार महिना देखि वेपत्ता भएका छन ।
गुम्दा ४ यामगाँउ गोर्खा निवासी ४२ बर्षिय दल बहादुर मलेसिया पुग्दा मानसिक सन्तुलन राम्रै रहेको भएपछि पछिल्लो समयमा मानसिक सन्तुलन खराव जस्तो देखिएको तमु समाज मलेसियाको महासचिव दिल तहार तमु९गुरुङ०ले वताए ।
दल वहादुर अगस्ट महिना देखि आफू कार्यरत कम्पनी छाडेर अबैधानिक भई यताउता घुम्दै बसिरहेको अवस्थामा फेला परेका थिए । आफनै भाई चमर सिंह गुरुङले नेपाल फर्काउनको लागि पहल गर्दे दुतावासवाट यात्रा अनुमतिपत्र ९ट्राभल डकुमेन्ट० बनाई जोहोरदेखि क्वालालम्पुरमा ल्याउने क्रममा उनी विच वाटैवाट भागेका थिए । पुन फेला परेका उनी मलेसियामा आफन्तको वसेकामा नोभेम्वर१६ तारिखको दिन भागेर फेरी बेपत्ता भएका थिए । अहिलेसम्म पनि कुनै कतैबाट खबर नआएकोले दल बहादुरको खोजीगरिदिनकोलागि सवैले मलेसियामा रहेका नेपालीहरुलाई परिवार तथा तमुसमाज मलेसियाले अपिल गरेका छन ।

 


प्रतिक्रिया

सम्बन्धित खवर