३ पौष २०७७, शुक्रवार
तमु सास्कृतिक प्रतिष्ठान नेपाललाई युकेवाट ५ लाख रुपैया हस्तान्तरण गरिएको छ । तमु धि एसोसिएसन युकेवाट तीन जना विधार्थीलाई छात्रवृति प्रदान गर्न अक्षयकोष स्थापनार्थ तीन लाख पचहत्तर हजार र स्यागजा सिरुवारी घर भई युके निवासी समाजसेवी डेविट तमुले आफनो स्वर्गिय वुवा लाल वहादुर तमु र आमा उजेली तमुको नाममा एक जना विधार्थीलाई छात्रवृति प्रदान गर्न अक्षयकोष स्थापनार्थ एक लाख पच्चीस हजार गरी पाँच लाख पैया हस्तान्तरण गरिएको हो ।
पोखरामा आयोजित एक कार्यक्रममा तमुधि युकेका सल्लाहकार एवं नेपाल प्रतिनिधि मेजर लक्ष्मि प्रसाद तमु र तमु धि युकेका पूर्व अध्यक्ष मुछेत्र तमुले तमु सास्कृतिक प्रतिप्ठान नेपालका कार्यवाहक अक्ष्यक्ष जंग तमुलाई रकम हस्तान्तरण गरेका हुन ।रकम हस्तान्तरण कार्यक्रममा विभिन्न ब्यक्तिले सहयोगको निकै प्रशंशा गरेका थिए । समाजले नेपालमा वेलावेलामा निकै सहयोग गर्दे आईरहेको छ ।