३पुस २०७७

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई  मासिक रु १० हजार भत्ता दिने बताउनु भएको छ ।

‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उहाँले ती काम छिट्टै कार्यान्वयनमा आउने बताउनुभयो । उहाँले महासङ्घको पहलमा रु पाँच करोड ३४ लाखको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएकालाई मासिक रु १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएअनुरुप त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

कार्यक्रममा सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा,बागमती  प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, महासचिव कृष्ण सारु, सचिव सुरेश हुमागार्इँ, शाखा सल्लाहकार भोजराज तिमल्सिना, भोला थापा, प्रेस सङ्गठन नेपाल वाग्मती प्रदेशका सहसंयोजक सुनिल खड्का–आफ्नो धारणा राख्नुभएको थियो । सो क्रममा महासङ्घले प्रदान गर्दै आएको स्व भरतराज पत्रकारिता पुरस्कार यस वर्ष प्रदीप केसीलाई प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर