३ पौष २०७७, शुक्रवार

जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । टोकियोको महानगर प्रशासनले बिहीबार एकैदिन ८२२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ । टोकियोमा यसअघि गत बुधबार एकैदिनमा ६७८ जना सङ्क्रमित भएका थिए ।

सरकारी अधिकारीहरूले राजधानी टोकियोको अवस्था प्रतिदिन नराम्रो हुँदै गइरहेको बताएका छन् । टोकियोमा कोरोना सङ्क्रमितका लागि मात्रै भनेर तीन हजार शैया छुट्याइएकोमा त्यसको ७० प्रतिशत शैया गत हप्ता नै प्रयोग भइसकेको थियो । अरु एक हजार शैया थप्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

टोकियोमा बिहीबार बेलुकासम्म ४९ हजार ४९० जना सङ्क्रमित भएका छन् । सङ्क्रमितहरुको सङ्ख्या देशभरी नै बढिरहेको छ । देशभरी बिहीबार एकैदिन तीन हजार २११ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

जापानमा अहिलेसम्म कुल एक लाख ९० हजार ९३५ जना सङ्क्रमित भएका छन् भने कोरोना लागेपछि मृत्यु भएकाहरुको सङ्ख्या दुई हजार ८०४ रहेको छ । एसियाली विकसित मुलुक जापानमा अहिले कोरोनाभाइरसको महामारीको तेस्रो चरण आएको हो । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर