३ पौष २०७७, शुक्रवार

धनगढी उपमहानगरपालिका  क्षेत्रका भूमिहीन सुकुम्बासीलाई जग्गा हस्तान्तरण गरिने भएको छ । उपमहानगरपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच जग्गा उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नगरमा रहेका भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण गरिने नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए ।

विगत १० वर्षदेखि बसोवास हुँदै आएको बन क्षेत्र नभएको र हदबन्दी भएको जग्गा मात्रै वितरण गर्न पाइने बताइएको छ । अन्यत्र जग्गा जमिन भएका तर जग्गा ओगटेर बसेकाले जग्गा पाउने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर