 
							२ पुष २०७७
यो बर्ष अलैँचीको भाउ बढ्ने देखिएको छ। भारतमा उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च हुन थालेको छ।
विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै भाारतीय ब्यापारीहरु आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ।
अहिले नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसकेको छ । बाकी रहेको ६०प्रतिशतलेे भाउ पाउने आसा रहेको छ । नेपालमा उत्पादन हुने ६० प्रतिशत अलैँचीको बजार भारत हो। भारतले पनि विभिन्न मसला सामग्री निर्माण गरेर तेस्रो मुलुक पठाउँछ। गुणस्तरका हिसाबले पनि भारतको भन्दा नेपाली अलैँची अब्बल छ।
त्यसैले पनि अन्तर्राष्ट्रिय जगतमा नेपाली अलैँचीको माग उच्च छ। नेपालमा झण्डै ३० जिल्लामा अहिले अलैँची उत्पादन हुन्छ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com