३० मंसिर २०७७, मंगलवार

बागमती प्रदेश सरकारकोे एक विद्यालय एक नर्स कार्यक्रम अन्तरगत सिन्धुलीको प्रत्येक स्थानीय तहका विद्यालय छनोटमा परेका छन् ।

यस वर्ष जिल्लाको कमलामाई नगरपालिकाको नमुना गौमती माध्यामिक विद्यालय माढीवजार र जनजागृत माध्यामिक विद्यालय भिमान दुधौली नगरपालिकाको कमला माध्यामिक विद्यालय मैनी र जनजागृत माध्यामिक विद्यालय कोक्टी, तीनपाटन गाउँपालिकाको भवानी माध्यामिक विद्यालय र मझुवादोभान माध्यामिक विद्यालय, फिक्कल गाउँपालिकाको सुम्नामसुन्तले माध्यामिक विद्यालय चण्डीभन्ज्याङ र सालघारी माध्यामिक विद्यालय रातामाटा, गोलन्जोर गाउँपालिकाको जनज्योती माध्यामिक विद्यालय खुर्कोट र कामदा माध्यामिक विद्यालय डुँडभन्ज्याङ छनोटमा परेका छन् ।

त्यसैगरी सुनकोशी गाउँपालिकाको कुशेश्वर विद्यापिठ माध्यामिक विद्यालय दुम्जा र दिर्घप्रदीप माध्यामिक विद्यालय खाल्टे, घ्याङ्गलेख गाउँपालिकाको माध्यामिक विद्यालय हायुटार र माध्यामिक विद्यालय अमले, मरिण गाउँपालिकाको माध्यामिक विद्यालय खयरसाल र माध्यामिक विद्यालय कार्तिके र हरिहरपुर गाउँपालिकाकाको माध्यामिक विद्यालय महेन्द्रझ्याडी र क्यानेश्वर माध्यामिक विद्यालय पान्तले छनोट भएका छन् ।

बागमती प्रदेश सरकारको उक्त कार्यक्रमबाट छनोटमा परेको विद्यालयहरुले नर्सको सुविधा पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर