
३० मंसिर २०७७, मंगलवार
पाल्पाको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालमा नव निर्मित भवनको राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गर्नुभएको छ ।
सोमबार उद्घाटन गर्नुहुँदै प्रमुख ज्ञवालीले प्रहरी जीवनको अभिन्न अंग रहेको भन्नुहुँदै समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीको ठूलो भुमिका रहने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल, निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराई भवन निर्माणको लागि जग्गा प्रदान गर्नुहुने रामलाल खण्डलुक र भुमि सरा सुनारी साथै निर्माण व्यावसायी दामोदर गैरे,लगायतकाले कार्यक्रममा आ आफना भनाई राख्नु भएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुमन दाहालले भवन निर्माणको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कुल १ करोड २७ लाख ३६ हजार १ सय ५६ रुपैयाँ २६ पैसाको लागतमा निर्माण सम्पन्न भएको बताउनुभयो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिम बहादुर कार्कीले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।