३० मंसिर २०७७, मंगलवार

नेपाली जनप्रगतिशील मोर्चा  पोर्तुगलले लिस्बनमा संगठनको क्षेत्रीय समिती बिस्तार गरेको छ।


नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यता र पोर्तुगल मोर्चाका अध्यक्ष पूर्ण बिकको सभापतित्वमा सम्पन्न भएको सम्मेलनले प्रकाश बस्याललाई क्षेत्रीय समितिको संयोजकको जिम्मेवारी दिएको छ।

मन्तब्य राख्ने क्रममा बेल्जियमका अध्यक्ष मेख गुरुङ, जर्मनीका सल्लाहकार भक्त श्रेष्ठ, स्पेनका संयोजक इश्वर शर्मा, साउदी अरबका महासचिव टिकाराम ओली, युएईका उपाध्यक्ष कमल प्रशाद पोख्रेल, बहराइनका अध्यक्ष भिम केरुङ, कतार मोर्चाका जयकिशोर पोद्दार, मलेशियाका सचिव खगेन्द्र भट्टराई र नेपाली जनजाति सरोकार मन्च, बेल्जियमका अध्यक्ष बदन योङहाङ्ग,अमेरीका मोर्चाका संयोजक विश्व बहादुर शाहले  पोर्तुगलमा जुझारु र सशक्त संगठन निर्माण गर्दै प्रवासमा रहेका नेपालीको समस्याहरुमा हल गर्नको लागि संघर्षशील रहन नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।

नव गठित समितिका संयोजक प्रकाश बस्यालले संगठनका तर्फबाट प्रतिबद्धता जाहेर गरेका थिए भने यूरोप मोर्चाका महासचिव सुवर्ण बाबु सापकोटाले बधाई मन्तब्य दिएका थिए।  संचालन पोर्तुगल मोर्चाका महासचिव प्रदिप अधिकारीले गरेका थिए।नेपाली जनप्रगतिशिल मार्चा लिस्वनको सल्लाहकारमा इन्द्र मोहन ढकाल रहेका छन भने संयोजकमा प्रकाश वस्याल यसैगरी सदस्यहरुमा सुनिल वस्ती,आरके चौधरी, पशुपती पाण्डे,दिपक उपाध्याय.सन्तोष रेग्मी,प्रकाश अधिकारी,प्रविण बस्याल,रुपनारायण चौधरी
अभिषेक न्यौपाने,सुनीलजंग मल्ल ठकुरी,धर्मबहादुर कुँवर क्षेत्री,राजेन्द्र लिम्बु,सौगात बिष्ट,प्रदीप अधिकारी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर