
२९ मंसिर २०७७, सोमवार
गुल्मि जिल्लाको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको १२ लाख आर्थिक सहयोगमा सत्यवती गाउँपालिकाद्धारा खरिद गरिएको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले एक कार्यक्रमका बिच स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेका हुन् । एम्बुलेन्स नेपाल सरकारको राजश्व छुटमा ल्याइएको हो ।
एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै ढकालले अब बिरामीहरुले सहज र सुलभ रुपमा सेवा पाउँने बताए ।
गाउँपालिका भित्र एम्बुलेन्स नहुँदा बिरामीहरुलाई गाउँबाट स्वास्थ्य केन्द्र सम्म ल्याउन र पाल्पा, बुटवल रिफर गर्दा समेत समस्या आउने गरेको थियो । अब एम्बुलेन्स स्वास्थ्य केन्द्रमै भएपछि त्यी सबै समस्याको अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।