काठमाडौं, २०७७ मङ्सिर २९ गते
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भएका २४ वर्षीय रामचन्द्र चालिसे, काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन् ।
गुञ्जमान तामाङको घरभित्र दराजमा राखेको उक्त धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राजन, १८ वर्षीय किशोर र राम तामाङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित ड्रयागन डान्सबारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । साथै रामचन्द्रलाई २ सय १० ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित काठमाडौं महानगरपालिका-६ कपनबाट र देवराजलाई २ सय ३७ ग्राम सुन जस्तो देखिन पहेलो धातु सहित काठमाडौं महानगरपालिका-१ कमलादीबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट २ हजार १ अमेरिकी डलर समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर