पाल्पा, २९ साउन

  रैनादेविछहरा गाउँपालिका-३ छचुवा बस्ने ५२ वर्षीय गन बहादुर कुमाललाई १ थान एकनाले भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, १ सय ९० ग्राम गन्दक र ५९ वटा छर्रा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


उनको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर