आज विहानैदेखि नेपाल टेलिकमको मोबाइल सेवामा समस्या उत्पन्न भएको छ । विहान ६ः१५ बजेदेखि नेपाल टेलिकमको जिएसएम मोबाइल सेवामा समस्या उत्पन्न भएको हो ।

नेपाल टेलिकमको देशैभरिमा सञ्चालित पोष्ट पेड र प्रिपेड दुवै सेवा अबरुद्ध भएकोले सञ्चार सम्पर्क कठिनाई भइरहेको छ । नेपाल टेलिकमबाट मोबाइल सेवा लिइरहेका डेढ करोडभन्दा बढि सिमहरु सम्पर्क बिच्छेद भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँछ । यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । के कारण समस्या देखिएको भन्ने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर