१३ चैत्र २०७७, शुक्रवार

विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन  निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ  न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो ।

https://amzn.to/4myfPN5

प्राधिकरणले निर्माण  कम्पनीलाई  सम्झौताका  लागि  २८ दिनको    म्यादसहितको पत्र पठाइसकेको जनाएको छ ।

कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित   सम्झौता   गर्न   पत्र ‘लेटर   अफ   इन्टेन’ (एलओआई) पठाइएको  छ ।  प्राधिकरणका  प्रवक्ता मदन  तिम्सिनाले  भने,  “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब  छिट्टै  सम्झौता  भई  काम  सुरु हुन्छ ।  सम्झौता  भएको  एक  वर्षमा निर्माण सकिनेछ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर