९चैत्र २०७७

नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा टिकटक बनाएको भन्दै बालविवाह गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको छ ।

https://amzn.to/4myfPN5

कक्षा ८ मा पढ्दै गरेका केटा केटीले टिकटक भन्दै सिउँदोभरि सिन्दुर हालेपछि शंका लागेर एक किशोरले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले तत्काल उनीहरुलाई पक्राउ गरेपनि केटाले टिकटक बनाएको भन्ने अडान छाडेनन् ।

जिल्ला प्रहरी कार्यलयको महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा दुवैजनालाई अलग अलग राखेर सोधपुछ गर्दा मात्र विवाहको रहस्य खुलेको हो ।

बुबाको मृत्यु भएको, आमा विदेश गएको भएर भागेर विवाह गरेको बेहुलीले स्विकारेकी छिन् ।

उनले भनिन्, बालबालिकाले विवाह गरेको थाहा पाए प्रहरीले जेल हाल्छ भन्ने डरले टिकटक भनेका हौं ।

कोहलपुर नगरपालिका घर भएका उनीहरु परिवारले स्वीकार नगर्ने डरले अन्तरजातीय र अन्तरधार्मिक बिहे गर्न मन्दिर पुगेका थिए ।

प्रहरीले उमेर पुगेपछि मात्रै बिहे गर्ने शर्तमा बेहुलीलाइ फुपुको र बेहुलालाई बुबाको जिम्मा लगाएर पठाएको छ । अन्नपूर्ण

प्रतिक्रिया

सम्बन्धित खवर