८ माघ २०७७, बिहिवार

कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो ।

कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे ।

उद्घाटनको क्रममा उनले यो प्रविधिले किसानलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए ।।

यस्तो कार्ड उपयोग गर्न चाहने सबै किसानले यो सुविधा लिन पाउँछन् । तर, बैंकबाट कर्जा लिएका ऋणी किसानका लागि भने बढी सहज देखिन्छ ।

बैंकले सबै किसानलाई कार्ड जारी गर्ने भए तापनि धितो वा विनाधितोमा कृषि कर्जा स्वीकृत भएका ऋणीलाई यो कार्ड सजिलो पर्न जाने देखिन्छ ।

बैंकले ब्याज अनुदानमा कृषि तथा पशुपक्षी व्यवसायका लागि जारी गरिएको सहुलियतपूर्ण कर्जामा मात्र विनाधितो कर्जा प्रवाह गरेको छ ।

बैंकबाट कर्जा लिएका ऋणीले स्वीकृत भएको कर्जाबाट रू.१ लाख रकमसम्म कार्डका लागि छुट्ट्याएर प्रयोग गर्न सकिने प्रवक्ता पौडेलले बताए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा  छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर