२६ असोज २०७७, सोमवार

मलेसियाका ब्यपारी   पक्राउ प्रकरणमा एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईको नाम मुछिए पछि एनआरएनए मलेसियाले  विज्ञप्ति जारी गर्दै उक्त  समाचार झूठो र कपोकल्पित भएको बताएको छ ।

मलेसियामा रहेका पीडित तथा असक्त श्रमिक नेपालीहरुको सहयोग, सेवामा खटिईरहेको एनआरएनए मलेसियाले मलेसियाका बिभिन्न स्थानमा आफ्ना स्वयंसेवकहरु खटाएर समाजसेवाको काम गरिरहेको संस्था र संस्थाका अध्यक्षलाई गलत नियतले बिभिन्न किसिमले नियोजित प्रचारबाजी गरेर समाजमा भ्रम छर्ने कार्य गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘चरित्र हत्या गर्ने सम्बन्धि व्यक्तिहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ

प्रतिक्रिया

सम्बन्धित खवर