 
							११ असोज २०७७, आइतवार
बेलायतको लन्डनस्थित नेपाली युथ एशोसिएसन यूकेको आयोजना र नेपाली वेलफेयर सोसाईटी यूकेको संयोजन तथा समन्वयमा कोरोना महामारीबाट “बाँचौ र बचाऊ अभियान” अन्तर्गत धादिङमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ। ज्वालामुखी गाउँपालिका-७ मा शनिबार आयोजित एक कार्यक्रमबीच ५२ घरघुरी बिपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरिएको हो।नेपालका ७ प्रदेश अन्तर्गतका ७ सय ३७ परिवारलाई खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरिएको र यो १८ औ कार्यक्रम सम्पन्न भएको सोसाइटीका अध्यक्ष धन सार्कीले बताए ।
कार्यक्रममा प्रदेश नम्बर-३, बागमतीका संघिय प्रतिनिधि सभाका माननीय डा. राजाराम कार्की, नेपाली युथ एशोसिएशन युकेका उपाध्यक्ष तथा एनआरएनए यूकेका सल्लाहकार राजन खकुराल, नेपाली वेलफेयर सोसाईटी यूकेका अध्यक्ष तथा एनआरएनए यूकेका कार्यसमितिका सदस्य समेत रहेका धनबहादुर सार्की, एनआरएनए यूकेका सचिब एबम रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी यूकेका उपाध्यक्ष जित रानाभाट, नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी यूके अध्यक्ष शर्मिला हिराचन थकाली , नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, एनआरएनए यूकेका निबर्तमान उपमहासचिब विनय अधिकारी, नेपाली युथ एशोसिएशन यूकेका अध्यक्ष लछुमान गुरुङ, एशोसिएशनकै संस्थापक अध्यक्ष ह्यारी गुरुङ ,चितवन एड ट्रस्ट युकेका अध्यक्ष जिबन सेन , युबा समाजसेबी बिष्णु खरेल र बलराम धरेल, समाज सेवी रुद्र प्रसाद खकुराल, ब्यबस्थापन समितिका अध्यक्ष अरुण प्रसाद लोहनी, समाज सेवीहरु होमप्रसाद खकुराल, भोजराज खकुराल, सम्भु नेपाली, बुद्धि नेपाली, शंकर नेपाली, प्रकाश खकुराल, केशव खकुराल, बबी खकुराल , रोजन कडेल , ज्ञानेन्द्र खकुराल तथा ओम प्रसाद पाठक र स्थानीय विद्यालयका प्रधानाध्यापक भद्र लाल खकुराल कार्यक्रममा उपस्थित हुन नसक्नेहरुले भर्चुअल तथा प्रत्यक्ष कार्यक्रममा सहभागिहुनेहले आफनो विचार राख्दै सहयोग गर्ने सवैलाई धन्यवाद प्रदान गरेका थिए


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com