
७ असोज २०७७, बुधवार
अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले साउथवेस्ट नेप्लिज कम्युनिटिलाई सम्मान गरेको छ । साउथन हाइल्याण्डमा गत बर्ष महिनौ सम्म लागेको आगलागीको नियन्त्रण, उद्धार तथा राहत वितरण निरन्तर खटेर लागेको योेगदानको प्रशंसा गर्दै सरकारले एप्रिशियसन अर्वाड सहित सम्मान गरेको होे ।
संस्थाका अध्यक्ष देवेन्द्र सापकोेटाले सरकारले गरेको यस प्रकारको सम्मानले कर्मभूमीमा अझै सामुदायिक सेवा गर्नमा प्रेरणा मिलेको बताए ।
संस्थाका महासचिब प्रेम शाहले आफुहरुले न्यू साउथ वेल्सका साउथ हाइल्यान्ड क्षेत्रबाट प्रतिनिधित्व गर्ने माथिल्लो सदनका सांसद लुइस आमाटो र सांसद तथा स्थानीय कार्यदलका सदस्य नाथानिल स्मिथ लगायत सरकार सँग नै सहयकार्य गरि काम गरेको बताउँदै उनीहरुले सदनमा पनि नेपाली समुदायले गरेको काम जोडदार रुपमा उठाएको जानकारी दिए । यसरी सरकारबाटै सम्मान पाउनु आफुहरुको निम्ती निकै सौभाग्यको कुरा रहेको सुनाए । संस्थाले नेपाली समुदायको हक हितमा पनि थुप्रै काम गर्दै आएकोे छ ।