३असाेज,लण्डन । रसियामा बस्ने एक नेपालीले कोरोना भाइरस  बिरुद्धको भ्याक्सिन लिएका छन् ।

एनआरएनएका उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षिय डा. महेश श्रेष्ठले शनिवार कोराना भाइरस बिरुद्धको भ्याक्सिन लिएका हुन् ।

नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइन लक्की मार्फत छानिएको थियो । सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेको थियो । डा. केसीका अनुसार उनी ३० हजार जना मध्येमा छानिएका थिए ।

श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सुगर, ब्लडप्रेसर, एचआईभी लगायत पूर्ण रुपमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार