३०भाद्र । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानवअधिकार आयोगका आयुक्तहरु बिच मलेसियामा भेटवार्ता भएको छ ।

भेटवार्तामा मलेसियामा रहेका नेपाली श्रमिकहरुको समसामयिक विषयका समस्या त्यसको समाधान र पहल बारे बृहत रुपमा छलफल भएको नेपाली राजदुतावास मलेसियाले जनाएको छ । भेटमा मलेसियाका थुनामा रहेका विभिन्न आरोपित नेपालीहरु, श्रमिकहरु तथा मलेसियामा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको मानवअधिकार सम्बन्धी विभिन्न विषयहरुमा वृहत छलफल भएको बताएको छ ।

मलेसियामा अहिले पनि विभिन्न कारणले जेलजीवन विताईरहेका नेपालीहरुमा सबैभन्दा बढि अबैधानिक हैसियत (प्रमाणपत्र नभएका) मा रहेका नेपालीहरु रहेका छन् । विभिन्न कारणले भिषा सकिएका र सम्बन्धित कम्पनीबाट पासपोर्ट लगायतका कागजात छोडेर भागेर अन्यत्र काम गर्ने नेपालीहरु पक्राउ पर्ने गरेको बताएको छ ।

साथै उक्त कार्यक्रममा मलेसियाको मानवअधिकार आयोगका आयुक्तहरुले नेपाली राजदुतावास मलेसियालाई मानवअधिकार आयोगको पछिल्लो पटक तयार गरेको वार्षिक प्रतिवेदन समेत हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर