
१९ भाद्र २०७७, शुक्रवार
जापानमा रहेका नेपाली समुदायको स्वास्थ्य तथा जीवन सुरक्षार्थ गैरआवासीय नेपाली संघ एनआरएनए जापानले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।
शुक्रबार एनआरएनए जापानले बीमा सेवा प्रदान गर्ने कम्पनी मिराई लाईफसंग कार्यक्रम सम्झौता गरेको हो ।
टोकियो गोतान्दामा आयोजित एक कार्यक्रमका बीच एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डरीर मिराई लाईफका कमल अधिकारी बीच सम्झौता हस्ताक्षर भएको हो ।
समारोहका प्रमुख अतिथि टोकियो स्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशीले बीमा कार्यक्रमले जापानवासी नेपालीहरुको स्वास्थ्य समस्यामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले पटकपटक बीमा कम्पनीहरूसंग छलफल भएपनि यसपटक ऐतिहासिक संम्झौता भएको जानकारी गराउनु भयो।
समारोहमा मिराई लाईफका तर्फबाट कमल अधिकारीले जापानको बीमा कार्यक्रम नेपाली भाषामा सरल रुपमा सम्पूर्ण परामर्स दिने जानकारी दिनुभयो। जुनसुकै भिषा तथा जापानमा रहेका हरेक नेपालीलाई सहज पर्ने प्याकेज रहेको स्वास्थ्य बीमा कार्यक्रममा पेपर तथा अनलाईनबाट सिधै आवेदन लिन सकिने जानकारी दिनुभयो।
समारोहमा गैरआवासीय नेपाली संघ एनआरएनए मानार्थ सदस्य तथा जापानका सल्लाहकार कपीलदेव थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, मिराई लाईफ ईन्स्योरेन्स कम्पनीका सल्लाहकार आकियोसी सावाया,तामाङ समाज जापानका अध्यक्ष रूविना तामाङ,एनआरएनए आईसीसी एसिया प्यासिफिक युवा संयोजक दीपक कंडेल,थकाली सेवा समितिका अध्यक्ष बुद्दी गौचन, तमुधी जापानका अध्यक्ष सौगात गुरूङ,उपाध्यक्षहरू सोममाया गुरूगं, बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्मा गोपाल, कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठ, चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, दोलखा समाजका उपाध्यक्ष गीरबहादुर तामाङ,स्यागंजा समाज जापानका अरमान गुरूगं,जापानी स्वास्थ्य बीमा कम्पनी ल्यासिकका अध्यक्ष साईतो मासाहिको, ल्यासिक बीमाका ईसिदा योसियुकि लगायतको उपस्थिति रहेका थियो ।
कार्यक्रममा उपस्थिति सवैले यो कदम निकै राम्रो भएको वताउदै यसले जापानमा वस्ने सवै नेपालीहरुको लागि निकै फलदायि हुने वताएका थिए ।