१९ भाद्र २०७७, शुक्रवार

दक्षिण कोरीयामाको चुग्नेमा रहेको एक खिम्ची कम्पनीमा कार्यरत दुई नेपालीमा कोराना सक्रमण पुष्टि भएको छ ।
कोरीयन समाचार एजेन्सि योघापका अनुसार उक्त कम्पनीमा काम गर्ने २० वर्षिय युवतिमा कोरोना सक्रमण देखिएको हो ।
त्यहाँ स्वास्थ अधिकारीहरुका अनुसार उनी सगै काम गर्ने अर्का एक नेपाली सहित सत्र जनामा कोरोना सक्रमण पुष्टि भैसकेको छ । उनीसंग नजिक रहेकाहरुको कोरोना परिक्षणको रिपोर्ट आउन वाकि रहेको वताईएको छ ।
नेपाली युवती कसरी सक्रमित हुन पुगिन भन्ने वारेमा केहि पनि खुलाईएको छैन । उक्त कम्पनीवाट उत्पादित १० टन खिम्चीको निर्यात खारेज गरिएको छ भने पहिला कोरीयाको हसंग,थेजन,छनान जेजु लगायतका क्षेत्रमा निर्यात गरिएको ४० टन खिम्ची नष्ट गर्ने तयारीमा रहेको सरकारी अधिकारीहरुले जनाएका छन ।
यसअघि पहिलो पटक हानुल नोगसान नामक फुड कम्पनीमा कार्यरत १८ जना नेपालीमा सक्रमण पुष्टि भएको दक्षिण कोरीयको सरुवा रोग नियन्त्रण विभागले जनाएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर