१८ भाद्र २०७७, बिहिवार
जापानमा रहेर नेपाली समुदायमा दुख परेको बेला सहयोग गर्ने नाम हो कपिलदेव थापा । उनकै सकृयतामा नेपाल सरकारलाई करिब २१ करोड रुपैया भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण हुने भएको छ ।
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो ।
श्रेष्ठका अनुसार पहिलो चरणमा, ३ करोड भन्दा बढीको ७ हजार स्वास्थ्य सम्वन्धी किट चार्टड फ्लाईट मार्फत बुधवार नेपाल पठाएको छ । सो कम्पनीले बाँकी सामग्री नेपाल सरकारको माग अनुरुप ५० हजार थान किट सामग्री दिने घोषणा गरेको छ । सरकारले चाहेमा पुरै ५० हजार थान अर्थात २१ करोड रुपैयाँको सामग्री नेपाल भित्राउन सक्ने छ ।
थापाले फुजिरेव्इओ कम्पनीका प्रमुख गोकी इसिकावा लगायतलाई विषेश धन्यवाद दिएका छन् । थापालेकृषि क्षेत्रलाई केहि सहयोग गर्छ भनेर मुना कृषि पब्लिक कम्पनी स्थापना गरेर देशभर कृषि क्षेत्रमा सहयोग गरिरहनु भएको छ । लाइव्रेरी सोसाइटी स्थापना गरेर ग्रामिण एवं दुर्गम क्षेत्रका विद्यालयमा लाइव्रेरी गरेका गरेका छन् ।