१७ भाद्र २०७७, बुधवार

गैर आवासिय नेपाली संघले सिन्धुपाल्चोकको लिदी पहिरो पिडितहरुलाई ५ लाख रुपैया सहयोग गरेको छ । एनआरएनका उपाध्यक्ष सोनाम लामा,गैर आवासीय बराइहिन को पुर्व अध्यक्ष गोरखा लाप्राक प्रोजेक्ट को कोचियर समेत रहनु भएका श्याम तामाङ सिन्धु वाएलफेयर सोसाइटी का प्रतिनिधि निमा वाङगेल लामा, छेवाङ शेर्पा  सहितको टोली घटनास्थलमा पुगेर राहत स्वरुप ५ लाख प्रदान गरेको हो । सोहि अवसरमासिन्धु वाएलफेयर को तर्फ बाट २० हजार पहिरो मा परि घाइते हुनु भएका याङ ल्हामो दोङ लाई काठमाडौ हस्पिटल दिएको गरि जम्मा ४ लाख २० हजार सुपर हेवा हाइड्रोपावर को तर्फ बाट रु १ लाख बराबर को ड्राइ फुड वडा अध्यक्ष प्रताप लामा लाई हस्तान्तरण गर्नु भएको थियो ।
उपाध्यक्ष लामाले कोरोनाका कारण गैर आवासीय नेपाली संघ सक्रिय हुन नसकेको भन्दै अहिले लाई थोरै राहत लिएर भावना सट्टापट्टा गर्न मात्र आएको वताउदै पछि परिस्थिति सहज भए पछि सरकार सग समन्वय गरेर सहयोगको लागि अगाडि वढने वचन दिनुभयो
कोरोना महामारीकै बीच आइलागेको यस प्राकृतिक विपत्तिको घडीमा राहत लगायत सबै प्रकारको सहयोगमा जुट्ने उपाध्यक्ष लामाले सवैलाई आह्वान समेत समेत गर्नुभयो । पहिरोमासमेत  परी ३६ जनाको मृत्यु भएको छ भने अझै तीन जना वेपत्ता भएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर