
खाडी मुलुकहरूमा रोजगारीको खोजीमा पुगेका नेपालीहरूका लागि सधैं चुनौतीपूर्ण यात्रा रहँदै आएको छ। तर, सबभन्दा दुःखलाग्दो कुरा के भने, त्यही चुनौतीमा साथ दिने विश्वासिलो नेपालीहरू नै ठग बन्न पुगेका छन्।
हालै सार्वजनिक भएको एक तथ्याङ्क अनुसार, खाडीमा नेपालीले नेपालीमाथि सबैभन्दा धेरै अन्याय गर्ने, ठगी गर्ने र शोषण गर्ने देश युएई रहेको देखिएको छ।
यो आँकडाले केवल आर्थिक ठगी मात्र होइन, भावनात्मक चोट, विश्वासघात र प्रवासी एकता माथिको गम्भीर प्रश्न पनि उठाएको छ।
जब एउटै सपना बोकेर विदेश गएका दुई नेपालीहरूबीच “मदत” होइन, “मुनाफा” को सम्बन्ध बन्छ, तब त्यो समाजमा विष फैलिन थाल्छ। रोजगारका नाममा फर्जी भिसा, काम लगाउने भन्दै पैसा असुली, कोठा, खाना र कागजपत्रका नाममा अनावश्यक शोषण , यी सबै घटनाहरू दिनहुँ युएईमा सुनिन थालेका छन्।
युएईको खुला प्रणाली, सजिलो पहुँच र ठूलो नेपाली समुदाय नै सम्भवत: यो शोषणको आधार बन्न पुगेको छ। सस्तो श्रममा गएका नेपालीहरूकै विश्वासमाथि नेपाली नै खेल्न थालेपछि, विदेशी भूमिमा भरोसा गर्ने आधार हराउँदै जान्छ।
जहाँ हामीले यस्ता विकृति विरुद्ध कडा आवाज उठाउनुपर्छ।
जहाँ नेपालीको चाला देखाएर नेपालीकै सपना च्यात्नेहरूलाई सामाजिक रूपमा बहिष्कार गरिनुपर्छ।
प्रवासी नेपाली समाज एकता, सहकार्य र भरोसाको प्रतीक बन्नु पर्ने हो, डर, ठगी र अपमानको होइन।
अब पनि मौन बसियो भने, भोलिको पुस्ताले हाम्रो चुप्पीलाई अपराध ठानेर लेख्नेछ,
“नेपाली भएर नेपालीको पीडा हेर्नेमात्र भयौँ, रोक्न कहिल्यै सकेनौँ।”
– सम्पादकीय टिम
#rastradaily