८ भाद्र २०७७, सोमवार

विदेशबाट नेपालीलाई स्वदेश फर्काउने चार्टर्ड उडान पुनः सुरु हुने भएको छ ।
मंगलबार देखि नै लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका तय गरेको छ ।
भदौ ९ गते साउदी अरेवियाबाट एअर अरेवियाले उडान गर्नेछ । यस्तै बुधवार, भदौ १० गते दुवईबाट फ्लाई दुबईले तथा आवुधावीबाट ईत्तेहादले उडान गर्ने तालिका छ ।
यस्तै भदौ ११ गते नेपाल एयरलाइन्सले रियादबाट, दम्मामबाट र हिमालयन एयरलायन्सले रियादबाट नेपाल एयरलाइन्स तथा इस्तानबुलबाट टर्किस एयरले उद्धार उडान गर्नेछन ।
यसैगरी १२ गते नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट, हिमालयनले पनि क्लालालम्पुरबाट नै र कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । १३ गते सिल्क एयरले अस्ट्रेलिया र कोरियाबाट कोरियन एयरले उडान गर्ने तालिका छ ।
यसैगरी भदौ १४ गते नेपाल एयरलाइन्स, हिमालयन र मालिन्दो एयरलाइन्सले क्लालाम्पुरबाट एकसाथ उडान गर्नेछन् । १५ गते नेपाल एयरलाइन्सले दुबई र हिमालयनले आबुधावीबाट उडान गर्ने छ ।  भदौ १६ गते नेपाल एयरलाइन्सले कतार र दुबईबाट र हिमालयनले कतारबाट उद्धार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर