दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

२६ श्रावन २०७८, मंगलवार

https://amzn.to/4myfPN5

मलेसियामा रहेका सवैको लागि खोप उपलब्ध गराईरहेको मलेसिया सरकारले हिजोवाट वुकित जलिलमा शुरु गरेको खोप कार्यक्रममा अवैधानिक तथा शरणार्थिहरुले खोप लिएको जनाएको छ । अवैधानिकहरुले पनि सहजै खोप सुविधा पाउन भन्ने उदेश्य लिएर उनीहरुले यो सेवा शुरु गरेको जनाएका थिए । सोमवार ४०वर्ष माथिका उमेरका समुहलाई खोप लगाईएको थियो । अगष्ट १२ देखि १८ वर्ष भन्दा माथिकालाई खोप दिईने मलेसियन सरकारले जनाएको छ ।
कतीपयले माईसेजेत्रामा पालो कुरेर वसिरहेका पनि लामो समय हुदा सम्म पनि पालो नआएपछि त्यहा खोप लिन गएको मलेसियावाट प्रकाशित भएका संचारमाध्यमहरुले जनाएका छन । स्थानिय पत्रकारहरु लेख्छन भारतीय नागरिक एन सदाशिवमले भने जो विगत सात बर्षदेखि यहाँ अवैध रुपमा बस्दै आएका छन्, उनका साथीहरु हिजो बिहान बुकिट जलील जानको लागी एउटा ट्याक्सी भाडामा लिएका थिए तर राजमार्गको छेउमा एउटा पुलिस कार पार्कि कबध देख्दा उनीहरुलाई चिसो लाग्यो। मेरा साथीहरु जोखिम लिन चाहँदैनन् त्यसैले उनीहरु फर्किए, सदाशिवमले भने ।
सोमवार वुकित जलिलमा अवैधानिक भन्दा पनि वैधानिक श्रमिकहरुले खोप लगाएका छन । कम्पनीका मालिकहरुले उनीहरुलाई त्यहाँ पठाएका थिए ।
केहि नेपालीहरुलाई खोप लिन उक्त ठाउँमा पुगेका थिए तर उनीहरुको वैधानिक हुने कुनै आधार नभएपछि फर्किनु परेको हामि संगको टेलिफोनमा वताए । उनीहरुले भने मलेसियाले भन्छ एक गर्छ आर्काे ।
नेपाली दुतावास मलेसियाले वारम्वार मलेसियामा रहेका नेपालीहरुलाई खोप लगाउन अनुरोध गरिरहेको छ । खोप लिनको लागि कुनै समस्या भएको खण्डमा दुतावासमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

यो पनि पढनुहोस

मलेसियाको वुकित जलिलमा ९ अगष्ट देखि २२ अगष्ट सम्म खोप लगाईदै

 

प्रतिक्रिया

सम्बन्धित खवर