
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
२६ श्रावन २०७८, मंगलवार
“नेपाली मजदुर एकता समाज” मलेसियाको प्रथम अधिवेशन आउदो अगष्ट १५ तारिखमा हुने भएको छ । खुल्ला प्रतिस्पर्धाबाट हुने अधिवेशन सम्पन्न गर्नको लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिको संयोजकमा तिलोचन गौतम र सदस्यहरुमा घनश्याम चौधरी र रेश्माकला राईलाई रहेका छन ।
श्रमजीवि वर्गलाई सहयोग गर्ने मुख्य उद्देश्यले २८ जुलाई २०१९ का दिन मजदुरका लागि मजदुर अभियान भन्ने मूल नाराको साथ मलेसियावाट यो सस्थाको स्थापना भएको थियो ।
हाल संस्था विश्वभरी विभिन्न मुलुकमा रहेका सक्रिय श्रमजीवी संघसंघसस्था संग मिलेर काम गर्दे आईरहेको छ ।
अधिबेशनमा नेपाली मजदुरका हिकहितका निम्ति काम गर्न चाहने र मलेसियामा श्रम गरिरहेका जो कोहि नेपाली श्रमिकहरुले संस्थाको बिधान संम्बत रहेर जुनसुकै पदका लागि आउदो बिहिबार बेलुकी ५ बजेसम्म निर्वाचन समितिमा खुला उमेदवारी दर्ता गरि प्रतिस्पर्धा गर्न सकिने निबर्तमान अध्यक्ष रामप्रसाद सुबेदी संगमले जानकारी दिनुभयो।