दिनेश खडका खप्तडि/क्वालालम्पुर

२४ श्रावन २०७८, आइतवार

मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन । गोर्खा घर भई मलेसियामा कार्यरत ३२ वर्षका अमर गुरुङले आफनै कोठामा आत्महत्या गरेका हुन ।
करीव दश वर्ष देखि मलेसियाको एक रेष्टुरेण्टमा काम गर्दे आईरहेका गुरुङ एक वर्ष अगाडि देखि मात्रै अवैधानिक भएका थिए ।

मलेसियामा दश वर्ष पुगेपछि लगातार भिषा रिन्यु नहुने अवस्था भएको कारण उनी अवैधानिक वन्न पुगेका थिए । घर फर्कनको लागि वारम्वार प्रयास गरिरहेको भएपनि कम्पनी मालिकले पैसा नदिएको कारण उनी घर फर्कन नसकेको मलेसियामै रहेका आफन्त सन्दिप गुरुङले जानकारी गराए ।
पटक पटकको प्रयास पछि नेपाली दुतावासको पहलमा केहि रकम पाएको भएपनि कम्पनीले अमरको पैसा अझै दिन वाकि रहेको छ, यदि कम्पनीले पैसा दिएको भए उहाँ पहिल्यै घर गई  सक्नुहुन्थ्यो  आज यो अवस्था आउने थिएन सन्दिपले हामि संग टेलिफोनमा भने ।
मलेसियामा उनले काम गर्ने रेष्टुरेण्ट वन्द भएपछि पछिल्लो समयमा अमरले चौगेटमा सेक्युरिटि काम गर्न थालेका थिए । सेक्युरिटि गरेको अवस्थामा पनि उनी पहिलेकै कम्पनीको होस्टलमा वस्दै आएका थिए ।
पछिल्लो एक हप्ता अगाडिदेखि अमरमा कोरानो पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि साथीहरुसंग सल्लाह गरेर अमरले चौकेटमै कोठा लिएर एकान्तमा वसेका थिए ।
दैनिकजसो कुरा हुने सन्दिप संग हिजो राती देखि फोन नभएपछि आज आईतवार विहान कोठामा गएर हेर्दा मृत अवस्थामा फेला परेको सन्दिपले वताए । सानो डोरीले घाटिमा पासो लगाएर आमहत्या गरेको जस्तो देखिएको भएपनि शरिरभने भुईमा वसेको जस्तो देखिएको सन्दिपले वताए ।
हाल शवलाई पोसमार्टमको लागि क्वालालम्पुर अस्पतालमा लगिएको छ । अमरको परिवारमा वुवा आमा,श्रीमती एक छोरी रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर