दिनेश खड्का खप्तडि/क्वालालम्पुर

२४ श्रावन २०७८, आइतवार

मलेसियामा लामो समयदेखि ब्यवसाय गर्दै आईरहेका विश्ब राईले एनआरएनए एसिया क्षेत्रको सह–संयोजकमा आफनो उम्मेदवारी घोषणा गरेका छन ।        मलेसियामा सन् २००८ मा एनआरएनको राष्ट्रिय समन्वय परिषद स्थापना गर्दा देखि नै सक्रिय रुपमा लागेका राई आफनो जीत सुनिश्चित भएको वताएका छन ।
मलेसियामा एनआरएनए स्थापना हुदा ११ जनाबाट शुरु गर्दे हाल ५ हजार २ सय ४९ रहदा सम्म विश्वराईको अथक प्रयास रहेको छ ।

मलेसियाको संस्थापक कार्यकारी सदस्यदेखि महासचीव, उपाध्यक्ष, अध्यक्ष र आइसीसी सदस्य लगायत विभिन्न पदमा रहेर काम गरिसकेको लामो अनुभव  विश्ब राई सगं रहेको छ ।
एनआरएनएको इतिहासले मातृभूमीको महत्व,एकताको शक्ति र स्वदेशका लागि केही गरौं भन्ने भावनालाई उजागर गरेको उल्लेख गर्दे यसलाई अझ माथि उठाउदै विदेशमा श्रमगर्ने नेपालीहरुको सम्मान दिलाउन तथा नेपालमा सानो सानो लगानीको वातावरण ती श्रमिकहरुवाट गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्नको लागि समेत आफनो उम्मेदवारी रहेको विश्ब राईले वताए ।
एनआरएनएको केन्द्रिय महाधिवेशन अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा सम्पन्न हुदैछ ।

यस्तो छ विश्वराईको उम्मेदवारी घोषणा

आदरणीय गैरआवासीय नेपालीहरु, संचारकर्मी एवं शुभेच्छुक साथीहरु ।
नमस्कार ।
१८ बर्ष अघि एनआरएनए (गैर आवासीय नेपाली संघ) सानो समूह थियो, अभियान शुरु भयो, अहिले समाजसेवाको विशाल छाता बन्यो । हाम्रा अग्रजहरुको दृढ ईच्छाशक्ति, मातृभूमीको लागि केही राम्रो गरौं भन्ने बलियो संकल्प र कडा मेहनत अनि यसमा तपाईं हामी सबैको एकता । यसैले यो छाताभित्र अहिले ८२ देशका गैर आवासीय नेपालीहरु जोडिन सक्यौं, मातृभूमीको कसम खाएर ।
गैरआवासीय नेपाली संघको विगत गौरवमय ईतिहासले हामीलाई ३ महत्वपूर्ण कुरा सिकायो,
-मातृभूमीको महत्व
-एकताको शक्ति र
-स्वदेशका लागि केही गरौं भन्ने भावना ।
यही ईतिहासमाझ् तपाईं हामी लाखौंले मलेसियालाई कर्मभूमी बनायौं (बनाइरहेका छौं) । श्रम पसिना बगायौं, जन्मभूमीलाई सजायौं, सजाउन प्रयास गरिरहेका छौं, साँच्चै भनौं ? कसैले मानोस् या नमानोस् खाडी र मलेसियामा हुने तपाईं हाम्रो मजदुरीले देशै धानीरहेका छौं ।
तपाईंलाई अवगत भएकै कुरा हो, मलेसियामा गत सन् २००८ अगष्टमा संधको राष्ट्रिय समन्वय परिषद स्थापना गरियो । ११ जनाबाट शुरु भएको एनसीसी मलेसिया अहिले ५ हजार २ सय ४९ सदस्यसहित ठूलो परिवार भएका छौं । यो हामी सबैका लागि गौरवको विषय हो । त्यसबेलादेखि हालसम्मका १३ बर्षे यात्रामा क्रमशः संस्थापक कार्यकारी सदस्यदेखि महासचीव, उपाध्यक्ष, अध्यक्ष र आइसीसी सदस्य लगायत विभिन्न पदमा रहेर अनवरत सेवा गर्ने अवसर पाएँ, यसका लागि तपाईंहरु सबैलाई धेरै धन्यवाद दिन चाहन्छु ।
मैले संस्थाको विधि, विधान र मर्मअनुरुप आफ्नो तहबाट नेपाली समूदायका हितमा सम्भव भएजति कामहरु गरेको यहाँहरु सबैलाई जानकारी नै छ भन्ने विश्वास लिएको छु । नेतृत्वमा छँदा विवादरहित ढंगले संस्थालाई संचालन गरेकोदेखि कुनै व्यक्तिगत स्वार्थमा नलागी अघि बढीरहेको म पनि एक कर्मशील यात्री हुँ तपाईंजस्तै ।
चोखो मन लिएर संस्थामा आबद्ध भइसकेपछि मैले बुझेको सबैभन्दा ठूलो बल भनेको नै मातृभूमीप्रतिको माया नै हो, साथसाथै नेपालीहरुबीचको सद्भाव, एकता, समाज सेवा हो । त्यसैले आगामी अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा सम्पन्न हुने केन्द्रीय महाधिवेशनमा म विश्व राई एसिया क्षेत्रको सह–संयोजक पदमा उम्मेद्वारी दिने यहाँहरुमाझ स-गौरव घोषणा गर्दछु ।
एसिया प्रशान्त क्षेत्रबाट संघको केन्दीय तहमा बलियो प्रतिनिधित्व गर्न मात्र होइन, यस क्षेत्रमा रहेका नेपालीहरुका हितमा काम गर्न, सुरक्षित व्यवस्थित र मर्यादित बैदेशिक रोजगारीको पहल एवं प्रबद्र्धन गनर्, मलेसिया लगायत एसियामा आपतमा परेका नेपाली श्रमिकका लागि सुरक्षित गृह संचालनमा पहल गर्न, स्वदेश उत्पादन र पर्यटनको प्रबद्र्धन गर्न, कोभिड प्रभावित वा यससम्बन्धी मनोपरामर्श अभियान संचालन गर्न, श्रमिकहरुबीचमा उद्यमशीलताको विकास र प्रबद्र्धन गर्न साथै संघको एसिया क्षेत्रीय सम्पर्क कार्यालय स्थापना लगायतको काम गर्ने मेरो दृढ इच्छा छ ।
यसर्थ, मेरा जनमुखी, संस्थामुखी यी संकल्पलाई पूरा गर्न र एसिया क्षेत्रलाई संघभित्र अझै बलियो प्रतिनिधित्व गराउन मलाई एसिया प्रशान्त क्षेत्रको सह–संयोजक पदमा अत्यधिक बहुमतले विजयी गराउनुहन मेरा अग्रज, सहकर्मी, लगायत सम्पूर्ण साथीहरु सबैसँग अटुट विश्वासका साथ सहयोगको लागि सबैमा विनम्र अपिल गर्दछु ।
अन्त्यमा,
एसिया प्रशान्त क्षेत्र एवं विश्वभर हालै नवनिर्वाचित सम्पूर्ण पदाधिकारी ज्युहरुलाई बधाई ज्ञापन गर्दछु । मातृभूमीको माया गर्नुहुने, गैरआवासीय नेपाली संघको मर्म, भावनालाई आत्मसात गर्ने तथा सम्पूर्ण नेपालीहरुको हित चाहने सबै सबैप्रति हार्दिक आभार व्यक्त गर्दै यहाँहरुको निरन्तर सहयोग, समन्वय, साथ एवं सद्भावको आस गरेको छु । तपाईंहरुको जय होस् । धन्यवाद ।
जय मातृभूमी ।
जय एनआरएनए, ।
धन्यवाद ।
उही तपाईंको,
बिश्व राई
मलेसिया
मितिः ८ अगष्ट, २०२१

प्रतिक्रिया

सम्बन्धित खवर