२३ श्रावन २०७८, शनिवार

एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन् ।

यसैगरी उपाध्यक्षमा सुनिलबाबु खड्का र गोविन्द खरेल उपाध्यक्ष स्कटल्याण्डमा मोहनकुमार कार्की उपाध्यक्ष नर्देन आयरल्याण्डमा नारायण कँडेल उपाध्यक्ष महिलामा शकुन्तला गुरुङ निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा खुशी लिम्बु सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्रबहादुर आले सचिव महिलामा नम्रता घले गुरुङ कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा शशाङ्क शर्मा निर्वाचित भएका छन् ।

युवा संयोजकमा तीर्थबहादुर मल्ल र महिला संयोजकमा विमला लिम्बु निर्वाचित भएका छन ।

सदस्यहरुमा बालकृष्ण दाहाल,विशाल राई ,चम्पा थापामगर,चेतबहादुर राना,दीपक सापकोटा, ईन्दिरा सपना खनियाँ, पदमबहादुर शाही,उपेन्द्र पौडेल सुमन शर्मा। सुरेश परियार, भानुभक्त घिमिरे ,भीमलाल खनाल निर्वाचित भएका छन् ।

यसैगरी इङल्याण्ड राज्यसमितिको अध्यक्षमा लालबहादुर गुरुङ उपाध्यक्षमा भक्तबहादुर दर्जी सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई निर्वाचित भएका छन् ।

स्कटल्याण्ड राज्यसमितिको अध्यक्षमा काशीराम भण्डारी,उपाध्यक्ष उज्वल कार्की,सचिवमा मनिष खत्री ,सहसचिवमा यशोदा सुमी ओझा भण्डारी,कोषाध्यक्ष मा शर्मिला भण्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा निर्वाचित भएका छन् ।
सदस्यहरुमा बलिभद्र अम्माई, कमला श्रेष्ठ, टीकाराम खराल र कृष्णप्रसाद देवकोटा निर्वाचित भएका छन् ।

वेल्स राज्यसमितिमा अध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्षमा अमृत घले, सचिवमा दीपकप्रकाश सुब्बा इङदेन, सहसचिवमा सन्जीव मैनाली र सदस्यहरुमा अमरध्वज मल्ल, बलराम अधिकारी, भोजनारायण रेग्मी र विकास रानाभाट निर्विरोध भएका छन् ।

नर्देन आयरल्याण्ड राज्यसमितिमा अध्यक्ष बलबहादुर थापा, उपाध्यक्ष छमबहादुर रेग्मी, सचिव विष्णुबहादुर छेत्री, सहसचिव प्रेम खत्री, कोषाध्यक्ष रामु खड्का र सहकोषाध्यक्षमा दिलिपकुमार आचार्य निर्विरोध भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर