८ भाद्र २०७७, सोमवार

दक्षिण कोरियामा जसबहादुर पुन नाम गरेका एक सम्भावित नेपालीको शव सनाखत हुन नसक्दा अस्पतालमै अलपत्र परेको छ । एनआरएनएका अनुसार कोरियाको थेजनस्थित चुङनाम नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको थियो । अस्पतालको रेकर्डमा उनको नाम जस बहादुर पुन रहेको बताइएको छ । तर, राहदानीलगायत कुनैपनि कागजात प्राप्त नहुँदा उनी नेपाली नै भएको वा नेपाली मूलका अन्य देशका नागरिक भएको भन्ने विषयमा यकिन हुन नसकेको संघले जनाएको छ ।
शव अस्पतालमै वेवारिसे भएको हुँदा निजको सनाखत गर्ने उद्देश्यका साथ नेपाली राजदूतवास सौलका श्रम काउन्सिलरको अनुरोधमा य सूचना सार्बजनिक गरिएको हो,’ एनआरएनएले तस्वीर सहित सार्वजनिक गरेको सूचनामा लेखिएको छ ।
तस्वीरमा रहेका व्यक्तिको सम्बन्धमा कुनै जानकारी भए एनआरएनए कोरिया वा नेपाली राजदूतवास सौलमा खबर गर्न समेत संघले सबैसँग आग्रह गरेको छ । संघले बेवारिसे शवलाई आफन्तसम्म पुर्याउनको लागि बाध्यतावश स्वीकृति बिना फोटो सार्बजनिक गर्नु परेकोमा दुःख व्यक्त गर्दे माफी समेत मागेको छ ।

सम्पुर्ण सबैमा तस्बिरमा रहेका व्यक्तिको सनाखत गरि सहयोग गरिदिनु हुन अपिल।। शक्दो शेयर गरिदिनुहोला।

(सम्बन्धित घर -परिवारको स्वीकृति बिना फोटो सार्बजनिक गर्नु परेकोमा NRNA कोरिया दुख ब्यक्त गर्दै माफी माग्दछ। )

कोरियाको थेजन स्थित चुङनाम नेस्नल युनिभर्सिटी हास्पिटलमा उपचार गर्ने क्रम मा मृत्यु हुनुभएका तथा अस्पतालको रेकर्डमा “जस बहादुर पुन ” नाम रहेका ब्यक्ति ( राहदानी लगायत कुनैपनि कागजात प्राप्त नहुँदा उनी नेपाली नै भएको वा नेपाली मुलका अन्य देशका नागरिक भएको भन्ने विषयमा यकिन हुन नसकेको) को नेपाल स्थित घर ठेगाना र आफन्तहरु तथा परिवार सँग सम्पर्क हुन नसकेको कारण निजको शव अस्पतालमै वेवारिसे भएको हुदा निजको सनाखत गर्ने उदेश्यका साथ नेपाली राजदुतवास सौलका श्रम काउनसीलरज्युको अनुरोधमा यो सूचना सार्बजनिक गरिएको हो । तस्बिर मा रहेको ब्यक्तिका सम्बन्धमा कुनै जानकारी हुनुभएका व्यक्तिले NRNA कोरिया वा नेपाली राजदुतवास सौलमा सम्पर्क गरि सहयोग गरिदिनु हुन यसै सुचनाका साथ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया ( NRNA कोरिया) हार्दिक अनुरोध गर्दछ।

धन्यवाद|
Nepal Police

NRNA South Korea

प्रतिक्रिया

सम्बन्धित खवर