
दिनेश खड्का खप्तडि/क्वालालम्पुर
२०७८ श्रावण १३, बुधबार
जनउद्धार केन्द्र मलेसिया आगामी दिनमा सहकार्यको लागि मलेसियामा रहेका क्रियाशिल संघ(संस्थाहरु सँग सहकार्य गर्दै जाने भएको छ
बुधबार जनउद्वार केन्द्र मलेसियाले एक बिज्ञप्ति जारी गर्दै सामाजिक कल्याण संघ जनउद्धार केन्द्रसँग मलेसियामा रहेका विभिन्न संघ(संस्थाहरुलाई सहकार्यको लागि आह्वान गरेको हो ।
जनउद्धार केन्द्रसँग आबद्ध हुन चाहने मलेसियामा गठित संघ(संस्थाका प्रतिनिधि तथा आम श्रमिक दाजु भाई दिदी बहिनीहरूलाई हातेमालो गर्दै अब हुने संस्थाको वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्ने संस्थाका सचिव शंकर देव आचार्यद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
मलेसियामा श्रमिकहरुका समस्या थुप्रै रहेको र यसलाई सम्बोधन गर्न मलेसियाका विभिन्न राज्यमा रहनुभएका आम श्रमिकले सम्बन्धित राज्य बाट प्रतिनिधित्व हुने गरी अबको दिर्घकालिन योजना समेत रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मंगलबार बसेको जनउद्धार केन्द्रको केन्द्रीय पदाधिकारी भेलाले आउँदो अगष्ट २१ तारिख शनिबार वार्षिक साधारण सभाको मिति तय गरेको छ।
जनउद्धार केन्द्र मलेसियाले स्थापनाकाल देखि नै बिरामी अवस्थाका ,अलपत्र परेका, अबैधानिक र जेल जीवन विताईरहेका धेरै नेपालीहरुलको उद्धार गर्दै आईरहेको छ। मलेसियामा आधिकारिक रूपमा दर्ता भएको यो एक मात्र सामाजिक संस्था हो ।