७ भाद्र २०७७, आइतवार

भाइरस संक्रमणबाट यो साता  विदेशमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार लग्जम्बर्गमा थप १ जनाको निधन भएको हो ।
समितिका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरुको निधन भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार  भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।
हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये  ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर