१२ श्रावन २०७८, मंगलवार

अन्तराष्टिय नेपाली समाज मलेसियाको आयोजना तथा पीएनसीसी मलेसियाको सहकार्यमा संस्थाको महत्त्व र बिकास सम्बन्धि एक दिने परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम भर्चुअल जुमको माध्यमबाट अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय उपाध्यक्ष तथा थर्ड आई एकेडेमीका प्रमुख संस्थापक डा। स्वामी कृष्णको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका बरिष्ट उपाध्यक्ष शमशेर मल्ल, एनआरएनए मलेसियाका संथापक अध्यक्ष तथा बर्तमान संरक्षक संकर बहादुर पौडेल ,पीएनसीसी मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाई, जनउद्धार पेनाङका अध्यक्ष केशु थापा, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ,सहभागि रहेका थिए ।

https://amzn.to/4myfPN5

यसैगरी नेपाल तमु समाज मलेसियाला अध्यक्ष समीर गुरुङ, सुदुरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष तुलाराम धामी, किराँत राई यायोक्खा मलेसियाका सहसचिव केवल कुलुङ, हेल्प मधेसी मलेसियाका सचिव बिजय मण्डल, मेचीमहाकाली सेवा समाज मलेसियाका सल्लाहकार नेत्र सेन ठकुरी, असल छिमेकी मलेसियाका अध्यक्ष पुर्ण सुब्बा र चमार समाज मलेसियाका सचिव सुरेन्द्र चमार लगायतका करीव एक दर्जन सस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख परामर्शदाता डा। स्वामीले संस्था बृहत परिवार नै हो जसलाई सफल बनाउन हेरक सदस्यहरुको उतिकै जिम्मेवारी र भुमिका रहेको हुन्छ । बिधानले निर्दिष्ट गरेको जिम्मेवारी र दायित्व पालना गरि पारदर्शिता, भातृत्व, सम्मान सहभागीता र प्रजातान्त्रिक तवरले संस्था संचालन हुदा संस्थाले सफलता प्राप्त गर्न सकिने जस्ता कुराहरु वताउनु भएको थियो ।
कार्यक्रममा सहभागि सवैले यस्तो कार्यक्रमले संस्था र ब्यक्तिलाई समेत फाईदा पुग्ने भएकाले कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर