दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१२ श्रावन २०७८, मंगलवार

रोजगारीको लागि मलेसिया पुगेका १२जना नेपालीहरु आज मलेसियाको जेलवाट नेपाल आउदैछन । मलेसियाको अध्यागमन कानुनको उलंघन तथा अन्य विभिन्न कारणहरुले जेलमा परेका उनीहरु आज स्वदेश फर्कन थालेका हुन ।
नेपाली दुतावास क्वालालम्पुरले दिएको जानकारी अनुसार नेपाल आउनु अघि कोरोना परीक्षण गर्नुपर्ने र नेगेटिभ आएकाहरु नेपाल आउन पाउने भएका हुन ।
आज नेपाल आउनेहरुमा वल वहादुर नेपाली,सुरवहादुर थापा,किशोरी कुमार राई,अर्जुन वाईवा,चन्द्र सेन राई, दिलकाजी तामाङ,इन्द्र वहादुर ओली,धिरेन्द्र कुमार राना,यम वहादुर गुरुङ,हरि वहादुर रोकाया,रवि श्रेष्ठ,विनयध्वज तामाङ रहेका छन ।
गैर आवासिय नेपाली संघ(एनआरएनए) प्रवासी नेपाली समन्वय समिति(पिएनसिसि)आईओएम तथा मलेसियामा रहेका विभिन्न संघसंस्थाहरुको सहयोगमा उनीहरु नेपाल फर्कन थालेका हुन ।

नेपाल फर्किएकाहरु सात दिन सम्म होटल क्वारेन्टाईनमा वस्नु पर्नेछ त्यसको प्रवन्ध पिएनसिसिले गर्ने भएको छ ।

नेपाल फर्किएकाहरु सात दिन सम्म होटल क्वारेन्टाईनमा वस्नेछन र त्यहाँ फेरी कोरोना परीक्षण पश्चात नेगेटिभ आएमा आआफनो घरमा फर्कने छन ।
नेपाली दुतावास मलेसियाले जुलाई १७ ,२१ ,२४र २७तारिखमा  ८५ जना नेपालीहरुलाई डिटेन्सन क्याम्पवाट स्वदेश फर्काएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर