दिनेश खड्का खप्तडि
क्वालालम्पुर
१० श्रावन २०७८, आइतवार

गैर आवासिय नेपाली संघ मलेसियाको कार्यसमितिको नामावली आज सार्वजनिक भएको छ ।
एसिया प्यासिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले पदाधिकारीहरुको नामावली सार्वजनिक गरेका हुन ।आज सार्वजनिक गरिएकाहरुमा विनोद वहादुर थापा अध्यक्ष,बरिष्ट उपाध्यक्ष इन्द्र नारायण लिम्बु , महासचिव रन्जित कुमार क्षेत्री, सचिव रोशन सुब्बा, नारायण अधिकारी, कोषाध्यक्ष कृष्ण नेपाल, सहकोषाध्यक्ष बलध्वोज लिम्बु ,युवा संयोजक अरुण गिरि निर्विरोध निर्बाचित भएको उल्लेख गरिएको छ ।

यसैगरी यसैगरी सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा रहेका छन । यसैगरि वरिष्ट उपाध्यक्षमा हेमराज सापकोटा,उपाध्यक्षमा राकेश प्रसाद महतो,दिलकुमार केरुङ र जयराम तिमल्सिनाको उम्मेदवारी परेको छ जसलाई अधिवेशनमा पठाईने उल्लेख गरिएको छ ।
यसैगरी आईसिसि सदस्यमा रमेश प्रसाद तिवारी , शुभद्रा कुमारी लिम्बु ,टेक बहादुर टमटा ,लाल बहादुर आले, नेत्र बहादुर क्षेत्रि,बिरेन्द्र बहादुर नेगीको उम्मेदवारी परेको र कार्यसमितिमा पठाईएको जानकारी गराईएको छ । मलेसियामा आईसिसिवाट पाँच जना मात्रै आइसिसि सदस्य वन्न पाउने छन ।

यसैविच आज आएको निर्णयवाट महासचिवमा मनोनयन दर्ता गराएका सुनिल चालिसेले आफु र साथीहरुलाई मान्य नभएको वताएका छन ।
सामाजिक संन्जाल मार्फत उनले भनेका छन सहमति को नाममा उम्मेद्बारी फिर्ता लिएको हो, आज आएर चुनाब गराउने भयपछी सबै मा गर्नुपर्दछ । म र मेरो सदस्य हरु सहित म मलेशियाको कानुन अनुसार जाने छु । सदस्यता दिने चुनाब लडन नपाउने अनि मजदुर हरुको भारी रकम कुम्ल्याउने केही मजदुर माराले गरेको बिना प्रक्रिया को चुनाब मान्य छैन

यस्तै उपाध्यक्षमा उम्मेदवारी दिएका दिल केरुगले पनि सामाजिक संन्जाल मार्फत यो अपुरोकाम गरेर सार्बजनिक गरिराख्नुको उदेश्य के होलारु भनेर प्रश्न गरेका छन उनले भनेका छन किन यो केही पद अपुरो राखेर सार्बजनिक गरियो रु सहमति भएका कमिटीहरुलाइ भंग गराइने र नया चुनावी तरखरमा लाग्ने हो उदेश्य रु हैन भने सस्थाको साथीहरूले यो अपुरो पोस्ट गर्नु गैरजिम्मेवार हो। सस्थाले सम्पुर्ण कमिटीको नामावली र सफल ग्रहण गराएर मात्र सार्बजनिक गर्नु उचित होला भन्दै आफनो राय राखेका छन ।


उता मलेसिया एनआरएनको दुई कार्यकालमा निर्वाचन कमिटिमा रहेर सफलता पुर्वक निर्वाचन सम्पन गराएका निर्वाचन कमिटिका एक सदस्य रहेका आरसि गिरीले पनि सामाजिक सन्जालमै प्रश्न राखेका छन । उनी लेख्छन सर्बसम्मत भएका सबै साथीहरुलाई बधाई छ । तर अझैपनि मैले नबुझेको कुरो, बरिष्ठ उपाध्यक्षमा दुईजनाको उम्मेद्धारी परेको रहेछ । तर एकजना कसरी सर्वसम्मत भए रु जबकी त्यही पदमा परेको अर्का एकजनाको उम्मेद्धारीउपर अधिवेशनका दिन छिनोफानो लाउने भनिएको छ । यसका केही नखुलेका कारणहरु पक्कै होलान् .  ती सबै पञ्जीकृत सदस्य सबैका जानकारीका लागि उक्त विषयमा स्पष्ट सार्वजनिक गर्नु जरुरी छ . त्यो पनि सार्वजनिक गरिदिनुहोला Khagendra Neupane

आउदो जुलाई 30 मा हुने अधिबेसनले सहमतिमा टुङ्गिने एशिया प्याशिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले बताए । सहमतिको लागि प्रयास भैरहेको र सहमतिको लागि छलफल चलिरहेको र अधिबेसनका दिनसम्म सहमती हुने बताए ।
आज सम्म मलेसियामा एनआरएनको कहिल्यै पनि चुनाव नभई सधै सर्बसम्मतिमै नेतृत्व चयन हुने गरेको छ । एनआरएन मलेसियाले निर्विरोध भएको पत्र केन्द्रमा पठाईसकेको डिआरसी न्यौपानेले बताए । मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै सदस्य हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर