
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
९ श्रावन २०७८, शनिवार
फेशवुकको सहायता लिएर मलेसियावाट सहयोगको अपिल गरेका एक नेपालीलाई कम्पनीले स्वास्थ उपचारमा ध्यान दिन थालेको छ ।
पाँच दिन अगाडि देखि कोरोना पोजेटिभ भएको भएपनि उपचार नगराई राखेका नवलपरासीका रुप वहादुर थापालाई कम्पनीले हेर्न थालेको हो ।
थापाले सामाजिक सन्जालमा सहयोगको अपिल गर्दै टिकटक भिडियो सार्वजनिक गरेका थिए ।
थापाले आफुलाई कम्पनीले कुनै वास्ता नगरेको र नेपाली दुतावास मलेसियामा पटक पटक फोन सम्पर्क गर्दा पनि सम्पर्क नभएको वताउदै सहयोग गर्न मलेसियामा रहेका संघसंस्थालाई अपिल गरेका थिए ।
अहिले भने दुतावास तथा मलेसियाका विभिन्न संघसंस्था तथा कम्पनीवाट सहयोग पाउन थालेको उनले वताए ।
कम्पनीका मानिसहरु आएर हेरेको र हाल होस्टलमै क्वारेन्टाईनमा राखेको केहि थप उपचार गराउनु पर्ने भएमा अस्पतालमा लैजाने वाचा गरेको थापाको भनाई छ ।
छ वर्ष अगाडि रोजगारीको लागि मलेसिया पुगेका थापा मलेसियाको एक सेक्युरिटि कम्पनीमा कार्यरत रहेका छन ।
थापा तीन वर्ष अगाडि नेपाल आएर फेरी सोहि कम्पनीमा काम गरिरहेका छन ।
कम्पनीमा उनले काम गर्ने सेक्टरका ६ जना नेपालीहरु कार्यरत रहेका छन । अन्यको पनि कोरानाको परीक्षण गरिएको र आज रिपोर्ट आउने थापाले वताए ।
थापा अहिले जलान भिस्मा पुत्रामा कम्पनीको होस्टलमा वसिरहेका छन ।