दिनेश खड्का खप्तडि

क्वालालम्पुर

७ श्रावन २०७८, बिहिवार

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । ओख्रेनी ७ सल्यान घर भई मलेसियामा कार्यरत २७ वर्षिय  खिम वहादुर थापाको मृत्यु भएको    हो । नेपाल फर्कनको लागि उनले १९ तारिखका दिन नेपाली दुतावासले जारी गर्ने यात्रा अनुमतिपत्र समेत वनाईसकेका थिए । मलेसिया दुतावासले घर फर्कने प्रयोजनको लागि मात्र  यात्रा अनुमती पत्र जारी गर्ने गर्दछ ।

यात्रा अनुमति पत्र वनाईसकेर मात्र अहिले नेपाल फर्कन संभव छैन । आफुमा कोरोना सक्रमण देखिएको छ कि छैन भनेर समेत जाचँ गराउनु पर्दछ ।

यदि कोरोना नेगेटिभ आएमा सिधै एयरपोर्टमा गएर पैसा वुझाएर नेपाल फर्कन सकिने प्रावधान छ ।

थापा केहि समय अगाडि देखि शरिर सुन्नीले रोगवाट पिडित वनेका थिए ।

उनी केहि समय अगाडि देखि किड्नीका समस्यावाट पिडित भएको वताईएकोे छ ।
हिडन समेत नसक्ने अवस्थामा पुगेपछि उनी विरामि अस्वस्थामै क्वालालम्पुर आएर घर फर्कने प्रकृया अगाडि वढाईसकेका थिए ।

घर फर्कनको लागि आवश्यक पर्ने अध्यागमनको समेत काम पुरा गरिसकेर २५ तारिखका दिन नेपाल फर्कनको लागि टिकट समेत काटिसकेका थिए ।

यसैविचमा उनको मृत्यु भएको हो । ।शवलाई पोष्टमार्टमको लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । उपचार अभावमै उनको मृत्यु भएको मलेसियामा रहेका नेपालीहरुले वताएका छन ।

 

 

फोटो साभार:  पत्रकार त्रिलोचन गौतमको फेशवुकवाट

 

प्रतिक्रिया

सम्बन्धित खवर