
दिनेश खड्का खप्तडि
क्वालालम्पुर
७ श्रावन २०७८, बिहिवार
मलेसियामा एक नेपालीको मृत्यु भएको छ । ओख्रेनी ७ सल्यान घर भई मलेसियामा कार्यरत २७ वर्षिय खिम वहादुर थापाको मृत्यु भएको हो । नेपाल फर्कनको लागि उनले १९ तारिखका दिन नेपाली दुतावासले जारी गर्ने यात्रा अनुमतिपत्र समेत वनाईसकेका थिए । मलेसिया दुतावासले घर फर्कने प्रयोजनको लागि मात्र यात्रा अनुमती पत्र जारी गर्ने गर्दछ ।
यात्रा अनुमति पत्र वनाईसकेर मात्र अहिले नेपाल फर्कन संभव छैन । आफुमा कोरोना सक्रमण देखिएको छ कि छैन भनेर समेत जाचँ गराउनु पर्दछ ।
यदि कोरोना नेगेटिभ आएमा सिधै एयरपोर्टमा गएर पैसा वुझाएर नेपाल फर्कन सकिने प्रावधान छ ।
थापा केहि समय अगाडि देखि शरिर सुन्नीले रोगवाट पिडित वनेका थिए ।
उनी केहि समय अगाडि देखि किड्नीका समस्यावाट पिडित भएको वताईएकोे छ ।
हिडन समेत नसक्ने अवस्थामा पुगेपछि उनी विरामि अस्वस्थामै क्वालालम्पुर आएर घर फर्कने प्रकृया अगाडि वढाईसकेका थिए ।
घर फर्कनको लागि आवश्यक पर्ने अध्यागमनको समेत काम पुरा गरिसकेर २५ तारिखका दिन नेपाल फर्कनको लागि टिकट समेत काटिसकेका थिए ।
यसैविचमा उनको मृत्यु भएको हो । ।शवलाई पोष्टमार्टमको लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । उपचार अभावमै उनको मृत्यु भएको मलेसियामा रहेका नेपालीहरुले वताएका छन ।
फोटो साभार: पत्रकार त्रिलोचन गौतमको फेशवुकवाट